काठमाडौं, १५ फागुन । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन्। उनीहरुले सोमबार दिँउसो बालुवाटारमा प्रधानमन्त्री दाहाललाई राजीनामा बुझाएका हुन्।यसअघि आजै बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो । एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, परराष्ट्रमन्त्री डा…