कांग्रेसको नेतृत्वमा अब बन्ने सरकारले पाँच वर्ष काम गर्छ : एनपि साउद

कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका विजयी उम्मेदवार नारायणप्रकाश साउदले जनताको विश्वासलाई कायम राख्दै अगाडि बढ्ने बताएका छन् । आज शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आयोजित विजयी जुलुसलाई सम्बोधन गर्दै उनले निर्वाचनका क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने बताए । गठबन्धनको सरकार निरन्तर जारी रहने उल्लेख गर्दै उनले देश विकासको गतिमा अगाडि बढ्ने बताए । “गठबन्धन…