काठमाडौँ–१ र ३ मा कांग्रेसको ‘क्लिन स्वीप’

काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभासहित दुवै प्रदेशसभा सदस्यमा जितेर नेपाली कांग्रेसका उम्मेदवारले ‘क्लिन स्वीप’ गरेका छन् । काठमाडौँ–१ को प्रतिनिधिसभामा सोमबार राति नै कांग्रेसका पूर्व महामन्त्रीसमेत भएका नेता प्रकाशमान सिंह विजयी भइसकेका छन् । सिंहको यो चौँथो पटकको जीत हो । काठमाडौँ–१ प्रदेशसभा–१ मा कांग्रेसकै दीपेन्द्र श्रेष्ठ विजयी भएका छन् ।यस्तै प्रदेशसभा–२…