सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहा गर्नुपर्ने नागरिक उन्मुक्ति पार्टी सर्त

काठमाडौं, २३ मंसिर । नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन भए सरकारमा सहभागी हुने निर्णय गरेको छ । आज काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरीलगायत जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे सरकारमा सहभागी हुने निर्णय गरेको हो । रेशमसहितका नेताहरूलाई जेलबाट रिहाइ गरे आफूहरू सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय भएको…