काठमाडौँको फोहर व्यवस्थापनबारे सरकारबाट कुनै पहल भएन : योगेश भट्टराई

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको दिगो समाधान गर्न ध्यानाकर्षण गरायका छन । बैठकमा सांसदहरुले केन्द्र र स्थानीय सरकारबीचको समन्वय प्रभावकारी नहुँदा फोहरले सडकमा सवारी जाम हुने स्थिति उत्पन्न भएको टिप्पणी गर्नुभयो । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले काठमाडौँमा फोहर नउठेको आज १४ दिन भइसक्दा पनि सरकारबाट कुनै पहल नभएको जनाउँदै काठमाडौँवासीमा…