चीनको चेतावनीका बाबजुद अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीनले नेपालको समर्थन खोजेको छ ।नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज एक विज्ञप्ति जारी गर्दै अमेरिकी सभामुखको उक्त कदमको नेपालले विरोध गर्ने विश्वास व्यक्त गरेकी छन् । ‘एक चीन नीतिको पक्ष र स्वतन्त्र ताइवान पक्षधरको विरुद्धमा नेपालले लामो समयदेखि…