महंगी र भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन

प्रमुख प्रतिपक्षी दल एमालेले महंगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट एमालेको भ्रातृ संगठनले निकालेको ¥याली वसन्तपुरमा पुगेको छ । सरकारले महंगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै एमालेले सोमबार काठमाडौंमा प्रदर्शन गरेको हो । सरकारका कारण महंगी, भ्रष्टाचार र बेथिति बढेको भन्दै एमालेले खबरदारीका लागि प्रदर्शन गरेको जनाएको छ ।…