राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनपछि गलत निर्णय रोक्न सक्ने क्षमतासहितको बलियो पार्टीको रुपमा संसदमा राप्रपालाई उपस्थित गराउने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद पद त्यागेको घोषणा गर्दै उनले ४ मंसिरमा हुने निर्वाचनमार्फत राप्रपालाई संसदमा हुने गलत निर्णय रोक्न सक्ने क्षमतासहितको बलियो पार्टीको रुपमा उपस्थित गराउने बताएका हुन् । सांसद पद त्यागेको घोषणासँगै…