दक्षिणकालीको नगर प्रमुखमा कांग्रेसका मोहन बस्नेत विजयी

काठमाडौंको दक्षिणकाली नगरपालिकामा कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका छन् । ७२०१ मत पाएर बस्नेतले जिते भने एमालेका श्रीराम आचार्यले ५१९१ मत मात्रै पाए। सोमबार बिहान सकिएको मतगणनामा कांग्रेस उम्मेदवारले मेयर पद जितेका हुन्। अघिल्लो निर्वाचनमा पनि यो नगरमा कांग्रेसका बस्नेत नै निर्वाचित भएका थिए।