सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र बजारमा हल्ला चलेजस्तो धरासायी नभएको बताउनुभएको छ । विद्युतीय व्यवसायी सङ्घको १२औँ वार्षिक साधारणसभामा आज उनले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धरासायी नबनेको स्पष्ट पारिन् । मन्त्री झाँक्रीले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कार्य गलत भएको त्यसो नगर्न आग्रह गरिन् । उनले भनिन्, “बजारमा हल्ला फैलाइएजस्तो देशको…