पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्र्रेसका नेता विमलेन्द्र निधि र भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका बिदेश विभाग प्रमुख बिजय चौथाइवालेबीच भेटवार्ता भएको छ । नयाँदिल्लीको दिनदयाल मार्गस्थित भारतीय जनता पार्टीको कार्यालयमा बुधबार बिहान भएको एक घण्टा लामो भेटमा नेपाल भारत दुई देश तथा नेपाली कांग्र्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्ध आगामी दिनमा थप सुदृढ बनाउने…