कांग्रेसले पालिकाअनुसार चुनावी घोषणापत्र बनाउँछ : उदयशमशेर राणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले स्थायी सरकारको नारा लिएर निर्वाचनमा जितेको कम्युनिष्ट पार्टीले जनतालाई धोका दिएको आरोप लगाएका छन् ।कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले आइतबार भैरहवामा सुरु गरेको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको भैरहवामा उद्घाटन गर्दै राणाले पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्दिनँभन्दा पनि देशको परिस्थितिले सरकारको नेतृत्व गर्नुपरेको बताए । उनले पाँच…