नयाँ बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको आरोप र अर्थ मन्त्रालयस्थित सीसीटीभी क्यामराको फुटेज मेटिएको सम्बन्धमा छानबिन गर्न प्रतिनिधिसभाले एउटा समिति गठन गरेपछि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने घोषणा गरेका छन्। बजेट निर्माणसँग सम्बन्धित विवादका कारण नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको बहिर्गमन र छानबिन समितिको गठन नभए बैठक चल्न नदिने चेतावनी दिएपछि सरकार र माओवादी…