प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक सोमबार दिउँसो ३ बजे बस्न लागेको हो । बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताइएको छ । यसअघी तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए ।