नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीर जङ्ग शाह नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । तेसैगरी बैठकले खुला विश्वविद्यालयका उपकूलपतिमा डा. शिलु मानन्धरलाई नियुक्त गरेको छ भने सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए