प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसहितको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री सोमबार देउबाको पीसीआर परीक्षण गरिएको थियो ।