पाल्पामा पूर्वसांसदसहित एमालेका ६७ जना नेताहरू एकीकृत समाजवादीमा प्रवेश, ओलिले बिचलन ल्याएको दाबि

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रभावशाली नेता नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । नेकपा (एमाले) पाल्पाका पूर्वजिल्ला अध्यक्ष एवं पूर्वसांसद यादवबहादुर रायमाझीसहित जिल्लाका ६७ जना प्रभावशाली नेताहरू समाजवादीमा प्रवेश गरेका हुन् । रायमाझी एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिए । रायमाझीसँगै एमाले जिल्ला कमिटी सदस्य धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, झलक रायमाझी, महेश बराल एकीकृत समाजवादीमा…