राप्रपाको अध्यक्षबाट पराजित भएपछि कमल थापाले दिएको अभिव्यक्तिको पार्टीभित्रबाटै विरोध हुने क्रम बढेको छ । एक महिनाअघि भएको पार्टीको महाधिवेशनमा आफूले पेस गरेको राजनीतिक प्रतिवेदनमा राजसंस्थासहितको लोकतन्त्रको राजनीतिक लाइन अवलम्बन गरिने उल्लेख गरेका थापाले अध्यक्षमा पराजित भएपछि यसविपरीत अभिव्यक्ति दिन थालेपछि उनको विरोध भएको हो । उनी पार्टी अध्यक्ष रहँदा पार्टीको प्रचार विभागको सदस्य सचिव…