माओवादी केन्द्रीय कमिटी बैठकले गर्यो, स्थायी कमिटी बैठकको निर्णय अनुमोदन

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले शनिबारको स्थायी कमिटी बैठकको निर्णय अनुमोदन गरेको छ । आज बिहान पार्टी केन्द्रीय कार्यालयमा कोटेश्वर, पेरिसडाँडामा बसेको बैठकले राष्ट्रिय सम्मेलनलाई आठौँ महाधिवेशनमा रूपान्तरण गर्ने स्थायी कमिटीको निर्णय अनुमोदन गरेको हो । हिजोको स्थायी कमिटी बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको थियो ।