काठमाडौँ । फागुन २१ गतेको निर्वाचनलाई व्यवस्थित बनाउन कम्तीमा १२ समिति बनाउन मातहतका पार्टी निकायलाई नेपाली कांग्रेसले निर्देशन दिएको छ । निर्वाचन परिचालन समितिका संयोजक एवं उपसभापति विश्वप्रकाश शर्माले आज परिपत्र जारी गर्दै प्रदेश, जिल्ला र प्रतिनिधिसभा क्षेत्र कार्यसमितिलाई यस्तो निर्देशन दिएका हुन् । शर्माले ‘विजय अभियान व्यवस्थित बनाउन निम्नानुसारका समिति र संरचना सबै तहमा…