नेपाली कांग्रेसको सह महामन्त्री पदमा तीन जना निर्वाचित भएका छन् ।बिहीबार राति सम्पन्न महिला, जनजाति र दलिततर्फको मतगणनामा महालक्ष्मी उपाध्याय (डीना), भिष्मराज आङ्देम्बे र जीवन परियार निर्वाचित भएका हुन् । उपाध्याय र आङ्देम्बे सभापति शेरबहादुर देउवा समूहका हुन् भने परियार डा. शेखर कोइराला समूहका हुन् ।निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्त गोपालकृष्ण घिमिरेका अनुसार डिनाले २५३३…