नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ। महाधिवेशनबाट केन्द्रीय कमिटी र केन्द्रीय कमिटीले अध्यक्ष चुन्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। हाम्रो पद्धति कस्तो छ भने पहिले केन्द्रीय कमिटी बन्छ। अध्यक्ष पनि केन्द्रीय कमिटीबाट चुनिने हुन्छ। महाधिवेशनबाट चुनिने होइन, आइतबार बिहान बसेको केन्द्रीय कमिटीको बैठकपछि उनले भने। माओवादीको केन्द्रीय कमिटीमा रहने सदस्यको संख्या पनि थपिने…