बलियो काँग्रेस र सक्षम नेतृत्व भए मात्र बिपीको सपना पूरा गर्न सकिन्छ : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता एवम पूर्व महामन्त्री प्रकाशमान सिंहले बिपी कोइरालाले देखेका सपना पुरा गर्न आ–आफ्नो ठाउँबाट सशक्त भूमिका खेल्न सबैमा अपिल गरेका छन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको १०८ औँ जन्मजयन्तीका अवसरमा सिंहले बलियो काँग्रेस र सक्षम नेतृत्व भएमात्र बिपी कोइरालाले देखेका सपना पूरा गर्न सकिने बताएका हुन् ।…