पौडेल समुहको बत्तीसपुतली छलफल सकियो, तीन बजे चाक्सीबारीमा बैठक

१४ ‌औं महाधिवेशनमा  सभापतिका उम्मेदवार छान्न  बत्तीसपुतलीमा भएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छलफल सकिएको छ। छलफलमा पौडेलसहित उनी पक्षका केन्द्रीय सदस्यहरू, जिल्ला सभापति र पूर्वसभापति सहभागी थिए। बैठकमा पौडेलले सहमतिका लागि आफू सभापतिमा दाबी छोड्न तयार रहेको बताएका थिए।पौडेलले पनि दाबी छोड्न तयार भएपछि उक्त समूहबाट अब शेखर कोइराला र प्रकाशमान सिंहमात्रै सभापतिका दाबेदार छन्।…