काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध पारेसँगै अर्याल सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बालेन भेट्न पुगेका हुन्। प्रधानमन्त्री र सभामुखबीच करिब आधाघण्टा कुराकानी भएको स्रोतले जानकारी दियो । उनीहरुबीच भएको कुराकानी भने खुलाइएको छैन ।