काठमाडौ. । श्रम संस्कृति पार्टीका सांसद धुर्वराज राईले प्रधानमन्त्री बालेन्द्र साहको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन् । बिहीवारको संसद बैठकमा समय माग गर्दै सांसद राईले प्रधानमन्त्री साहको उक्त अभिव्यक्तिले गम्भीर प्रश्न खडा गरेको बताए । प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्तिप्रति पार्टीको गम्भीर आपत्ति रहेको उनको जिकिर छ ।सभामुखले बोल्ने…