काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर्छ भन्ने धारणा राखे पनि एमाले अध्यक्षलाई प्रधानमन्त्री बनाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार देखि सुरु भई जारी पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्धा कहाँ पुग्यो…