काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा आइतबारबाट औपचारिक रूपमा सुरु भएको छ । बदलिँदो राजनीतिक परिवेशमा पार्टीलाई सुदृढ बनाउने, जनभावनाअनुकूल नीति तय गर्ने र नयाँ ऊर्जासहित नेतृत्वमार्फत संगठन रूपान्तरण गर्ने उद्देश्यसहित विशेष महाधिवेशन आयोजना गरिएको हो । विशेष महाधिवेशनमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये २ हजार ६६२ जना, अर्थात् ५६ प्रतिशतभन्दा बढी…