भेनेजुएलामाथिको अमेरिकी आक्रमण घोर अपराध हो : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भेनेजुएलामाथि अमेरिकाले गरेको आक्रमणको कडा निन्दा र भत्र्सना गरेका छन्। उनले उक्त घटनालाई स्वतन्त्र राष्ट्रको सार्वभौमिकतामाथिको ठाडो उल्लङ्घन, अन्तर्राष्ट्रिय कानुनको खिल्ली र राज्य आतंकवादको उदाहरण भएको बताएका छन्। जारी वक्तव्यमा खनालले अमेरिकी ट्रम्प प्रशासनअन्तर्गत डेल्टा फोर्सद्वारा करिब १५० लडाकु विमान प्रयोग गरी भेनेजुएलामाथि गरिएको आक्रमणमा…