नेपाल–चीन सिमानामा गृहमन्त्री थापा, सुक्खा बन्दरगाह र सीमा पुल निरीक्षण

सिन्धुपाल्चोक जेठ, १२– गृहमन्त्री रामबहादुर थापाले नेपाल–चीन सिमानामा पर्ने सिन्धुपाल्चोकको तातोपानीस्थित लार्चामा नवनिर्मित सुक्खा बन्दरगाह र सीमा पुल आज निरीक्षण गरेका छन् । गृहमन्त्री थापाले बन्द नाका चाँडै खुल्ने बताउँदै यहाँबाट हुने तस्करी तथा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । गृहमन्त्री थापासँग सांसद अग्नि सापकोटा पनि साथै थिए ।…