रवि विरूद्धको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट पेस

काठमाडौं । रवि लामिछाने विरुद्धको आरोपपत्र संशोधनका लागि स्विकृती दिने महान्यायाधिवक्ताको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । युवराज पौडेलले महान्यायाधिवक्ताको निर्णय संविधान र कानून विपरीत भएको दावी सहित त्यसको बदरको माग गर्दै निवेदन पेश गरेका हुन् । महान्यायाधिवक्ताको कार्यालयले पुस ३० गते गरेको उक्त निर्णय र सोसँग सम्बन्धित पत्राचारहरू उत्प्रेषणको आदेशद्वारा…