सङ्खुवासभा । स्थानीय तहको चुनावी सरगर्मी बढ्दै जाँदा मादी नगरपालिका वडा नम्बर ४, ओखरबोटेमा नेकपा 'एमाले'ले आफ्नो बलियो उपस्थिति रहेको जनाएको छ। शुक्रबार आयोजित चुनावी अभियानका क्रममा एमाले समर्थकहरूको विशाल र्यालीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गर्दै शक्ति प्रदर्शन गर्दै बलियो उपस्थितिको संकेत गरेको हो । उम्मेदवार डा.अर्जुन कार्कीको समर्थनमा उत्रिएको जनसागरले ‘सूर्य’ चिन्हमा मतदान गरी…