काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनको संघारमा काठमाडौंको भृकुटीमण्डपमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति, युवा तथा पार्टीप्रति आस्था राख्ने देशभरका नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता देखिएको छ । सहभागीहरूका अनुसार यसपटकको महाधिवेशन अघिल्ला महाधिवेशनहरूभन्दा फरक र थप समावेशी सहभागितासहित अघि बढिरहेको छ । महाधिवेशनमा सहभागी रुपन्देही अनेरास्ववियू जिल्ला कमिटी सचिव सरोज खनालले सबै जाति, वर्ग र…