छठ पर्वको शुभकामना दिदै महामन्त्री थापाले भने – छटका कार्यक्रममा सहभागी हुन नसकेकोमा क्षमा चाहन्छु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै यस वर्ष दशैं, तिहार र नेपाल संवत्का साथै छठ पर्वका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसकेको जानकारी दिए । थापाले काठमाडौं र मधेशका छठ पर्व आयोजकहरूलाई निम्तो दिएकोमा आभार व्यक्त गर्दै क्षमायाचना पनि गरेका…