कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ गते

काठमाडौं । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै गर्ने गरी नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी अधिवेशन प्रक्रिया अघि बढाउने जनाएको हो। नयाँ कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन असोज ३ र ४ गते हुनेछ।…