काठमाडौं । नेकपा (एमाले)ले कारबाही गरेपछि मातृभूमि जागरण अभियान, नेपाल चलाइरहेका भीम रावल नेपाल कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् । कार्तिक २६ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो साढे १ बजे एकता घोषणा कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल र भीम रावलले सम्बोधन गर्नेछन्। हिजो (आइतबार)…