काठमाडौं । संसदीय समितिले प्रत्येक प्रदेशमा कम्तिमा एउटा नमूना कारागार निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ । बुधवारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । समितिको तर्फबाट समिति सभापति विमला सुवेदीले कारागार कार्यालय कैलालीको परिसरभित्र २०८२ साल साउन २३ गते भएको घटनाको निष्पक्ष छानविन गरी दोषीउपर कानूनी कारबाही गर्न…