दुर्गा प्रसाईंलाई २५ लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । १५ चैतमा भएको राजावादी आन्दोलनपछि थुनामा रहेका प्रसाईंलाई उच्च अदालतका न्यायाधीयशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । 'निज क्यान्सर रोगबाट पीडित रहेको भन्ने निजले पेस गरेको प्रमाणबाट देखिन आएबाट समेत पछि थप…