सभामुख घिमिरे छैटौं विश्व सम्मेलनमा सहभागिता जनाएर स्वदेश फर्किए

काठमाडौं । स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न छैटौं विश्व सम्मेलनमा सहभागी भई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आइतबार स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले सम्मेलनमा विश्वका करिब ८२ देशका संसदका प्रमुखहरूको सहभागिता रहेको जानकारी दिए । उनले सम्मेलनमा डिजिटल प्रविधिको उपयोगमार्फत संसदलाई अझ प्रभावकारी बनाउने उपायहरूबारे गहन छलफल भएको…