काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले नेपालमा डिजिटल अर्थतन्त्रको तीव्र विस्तारसँगै विदेशबाट वर्षमा झन्डै एक खर्ब रुपैयाँ भित्रिने गरेको बताएका छन् । शनिबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं महानगरपालिका–१५ वडा कमिटीले आयोजना गरेको एसईई सम्मान, बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री पन्तले अहिले नेपालमा ठूलो संख्यामा युवाहरू डिजिटल माध्यमबाट घरमै बसेर विदेशी कम्पनीहरूसँग काम गरिरहेको उल्लेख…