हेटौंडा । बागमती प्रदेशका चार मन्त्रीहरूले राजीनामा दिएका छन् । राजीनामापछि मुख्यमन्त्री फेरबदल हुने संकेत देखिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ र संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले राजीनामा दिएका हुन् । उनीहरुले मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई राजीनामा पठाएका हुन् ।…