काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल अब केवल भौगोलिक सीमाभित्र मात्र सीमित नरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक पुरस्कार समर्पण समारोहमा बोल्दै उनले नेपाल विश्वभर फैलिँदै गएको धारणा व्यक्त गरेका हुन् । उनले भने, ‘नेपाल अब नेपाल भित्र मात्रै छैन । नेपालको परिचय विश्वभरी फैलिँदै गएको छ ।…