जनकपुर । नेकपा एमालेका नेता एवम प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले कांग्रेस नेता बिमलेन्द्र निधिमाथि दर्जन बढी आरोप लगाएका छन् । आइतबार जनकपुरधाममा पत्रकारसम्मेलनमार्फत महासेठले नेता निधिले जनकपुरधामको विकासमा अवरोध गरेको आरोप लगाए । जनकपुरधामको रिङ्ग रोड निर्माणदेखि डम्पिङ्ग साइट निर्माण जस्ता दर्जनौं बढी विकास निर्माणका कार्यहरु नेता निधिकै कारणले अगाडि बढ्न नसकेको महासेठको आरोप छ…