काठमाण्डौं । हालै दुई ठूला दलहरूको सहमतिमा बनेको गठबन्धन सरकारले सुशासन, महँगी नियन्त्रण र भ्रष्टाचार न्यूनीकरणको वाचा गर्दै जनतासामु प्रस्तुत भए तापनि, पछिल्लो समय यी विषयमा आम नागरिकको गुनासो दिनानुदिन बढ्दै गएको छ। बजारमा महँगी नियन्त्रणभन्दा बाहिर गएको, भ्रष्टाचारजन्य गतिविधि नियन्त्रणमा नआएको र उपभोग्य वस्तुको बजार अझै अव्यवस्थित रहेको जनगुनासो बढेको छ। यस्तै सन्दर्भमा, दैनिक…