रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले संसद्‍मा जवाफ दिने

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको गिरफ्तारीबारे गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते संसदमा जवाफ दिने भएका छन्। संसदमा रेशमको अनिधकृत गिरफ्तारीबारे सरकारले जवाफ दिनुपर्ने भन्दै सांसदहरुले ध्यानाकर्षण गराएका थिए। मंगलबार प्रतिनिधिसभाको बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारले गिरफ्तारीबारे सत्यतथ्य छानबिन सहित स्पस्ट जवाफ संसदमा दिनुपर्ने माग गरेकी थिइन्। सभामुख घिमिरेले…