कुर्सीसँग सार्वभौमिकता लेनदेन भइरहेको छ : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेताहरुले गरेको त्रुटीको मूल्य नागरिकले चुकाउनुपर्ने विडम्बना बनिरहेको बताएका छन् । आइतबार ललितपुरको कुपण्डोलमा आयोजित सम्प्रभुता सम्बन्धी छलफलमा बोल्दै उनले एमसीसी सम्झौता कुर्सी र सत्ताको लागि मात्र भइरहेको भन्दै कुर्सीसँग सार्वभौमिकता लेनदेन भइरहेको आरोप लगाए । उनले भने,‘आज पनि के देख्छौं भने एमसीसी सम्झौता पनि मात्र…