शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप

काठमाडौं । बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको छ । प्रदर्शनमा उत्रिएका शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए । आन्दोलनरत शिक्षकमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ ।