काठमाडौं । नेपालबाट विगतमा चोरी भएर अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तु नेपाल फिर्ता गरिएको छ। यीमध्ये तीनवटा पौवा चित्र (१५/१८औँ शताब्दी) काठमाडौंस्थित इटुम्बहालबाट विसं २०३७ मा हराएका थिए। एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (नवौँ शताब्दी) बुङ्मतीको मच्छिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो। साथै आर्ट इन्ष्टिच्युट सिकागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत…