काठमाडौँ । विपक्षी दलको विरोधका कारण राष्ट्रियसभा बैठक पनि अवरुद्ध भएको छ । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्ती गरेकोविरुद्धमा विपक्षी दलका सांसदहरूले राष्ट्रियसभा बैठक पनि अवरुद्ध गरेका छन्। बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उठेर विरोध गरे । त्यसपछि सभाध्यक्ष नारायण दाहालले माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामी सार्कीलाई बोल्न समय दिए । उनले…