मन्त्री बादी र अष्ट्रेलियाका राजदूत अन्स्र्टबीच शिष्टाचार भेट

काठमाडौं, साउन २६ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेट भएको छ। भेटमा नेपाल–अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउँदै महिला सशक्तीकरण, बालअधिकार तथा संरक्षण, अपाङ्गता समावेशीकरण, सामाजिक सुरक्षा, हेरचाह अर्थतन्त्र 'केयर इकोनोमी', मानव संसाधन विकास तथा…